मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दीपकुमारले भने– नेपाल–भारत सम्बन्ध सामान्य हुँदैछ

मङ्गलबार, १४ असार २०७३, १४ : ४६
मङ्गलबार, १४ असार २०७३
काठमाडौ– केपी ओली नेतृत्वको सरकारबाट फिर्ता बोलाईएका भारतका लागि निवर्तमान नेपाली राजदुत दीपकुमार उपाध्यायले नेपाल र भारतबीचको सम्बन्ध सामान्य बन्दै गएको दाबी गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘ भारतले नेपाललाई प्राथमिकता दिएको छ । एकै वर्ष दुई पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण भईसकेको छ । प्रशासनिक संयन्त्रहरुको बैठक पनि नियमित भईरहेको छ । दुई देशको प्रबुद्ध समूहको बैठक पनि बस्दैछ । अब हामीले नकारात्मक टिप्पणी गर्नु हुँदैन । नन ईश्यूलार्य ईश्यू बनाएर अल्झनु हुँदैन ।’ उपाध्यायले नेपाल र भारतले छिमेकी बदल्न नसक्ने भएकोले सम्बन्ध राम्रो बनाएर अघि बढ्नुको विकल्प नभएको तर्क गर्दै अब शान्तिपूर्ण रुपमा नेपालले दुई छिमेकीहरुको विश्वास लिएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । उनले भने,‘ सन्तुतिल रुपमा दुई छिमेकीसँग सम्बन्धलाई अगाडि बढाए नेपाललाई फाईदा छ । नेपालको भारतसँगको सम्बन्ध सुध्रिदै छ, अब नेपालले सबै दलको सहमतिमा छिटो परराष्ट्र नीति बनाएर अघि बढ्नु पर्छ ।’ उपाध्यायले चीनले समेत नेपालको आर्थिक विकास र आपूर्तिकोलागि भारतमै भरपर्नु पर्ने भएकोले दुई देशको सम्बन्ध राम्रो हुनु पर्नेमा जोड दिदै आएको उल्लेख गर्दै नेपाल भारत सम्बन्धमा एक अर्कासँग गर्व गर्न सक्नु पर्ने भएकोले यसमा शंका गर्नु आफैमा शंका गर्नु जस्तो हुने तर्क गरे । उनले रितिरिवाज, सस्कृति, धर्म, सामाजिक सम्बन्धले दुई मुलुक बाधिएकोले अलग हुनै नसक्ने भन्दै अब नेपालले आफ्नो आन्तरिक राजनीति मिलाएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । उपाध्यायले संविधान जारी गर्ने बेलामै आफूले सबैलाई समेटेर जाउ भन्दा नभए पनि अहिले पनि करेक्सन गरेर सच्याउने ठाँउ रहेकोले आफ्नो आन्तरिक राजनीति मिलाउन तर्फ लाग्नु पर्ने भन्दै यस विषयमा अरु लाई दोष दिएर उन्मुक्ति पाउन सक्ने अवस्था नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप