मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘नेपाल–भारत दुबै देशका राष्ट्रपतिको भ्रमणको तयारी’

मङ्गलबार, १४ असार २०७३, १४ : ५१
मङ्गलबार, १४ असार २०७३

काठमाडौं–नेपाल–भारत प्रबुद्ध समूहमा नेपाली टोलीका सदस्य डा. राजन भट्टराईले दुई मुलुकको सम्बन्ध क्रमैसँग सुध्रदै गएको भन्दै यसको पछिल्लो कडिको रुपमा नेपाल र भारतका राष्ट्रपतिको एक अर्को देशमा भ्रमण गराउने गरी तयारी सुरु भईसकेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समयमा दुई पक्षीय प्रशासनिक संयन्त्रहरुको बैठक नियमित जसो भईरहेको लगायतका कारणले यसअघि सम्बन्धमा उत्पन्न दरारहरु कमैसँग कम हुँदै गएको दावी गर्दै नेपाल भारत सम्बन्ध राम्रो हुनुको विकल्प नभएको बताए । भट्टराईले भने,‘ संविधान जारी गरेपछिको जस्तो सम्बन्ध निरन्तर रहनु हुँदैन भनेर हामीले पहल गर्यौ । त्यसमा अहिले सुधार आईसकेको छ । अबको सम्बन्ध २१ औ शताब्दिको उचाईमा कायम हुनु पर्छ । विश्वब्यापी रुपमा एक अर्का प्रतिको र्भितरता बढेको , विज्ञान र प्रविधिका विकास र विश्वब्यापीकरण यूग अनुसारको सम्बन्ध कायम हुनु पर्छ । अब नयाँ दायरमा सम्बन्ध अघि बढाउनु पर्छ ।’ उनले नेपाल भारत सम्बन्ध सहज र सामान्य बन्दै गएकोले अब दुई देशको जनताको चेतनाको जगमा सम्बन्ध बन्नु पर्ने भन्दै दुई देशको सम्बन्धलाई मधेस आन्दोलनसँग जोड नहुने तर्क गरे । भट्टराईले भने,‘ दुई देशको सम्बन्धलाई मधेस आन्दोलनसँग जोड अप्ठ्यारो पर्छ । मधेसको समस्या आन्तरिक समस्या हो यसलाई बार्ता र संबादबाट छिटो समाधान गर्नु पर्छ र त्यसकोलागि पहल भईरहेको छ ।’ उनले भारतमा राजदुत खाली राख्न नहुने भन्दै छिट्टै राजदुत नियूक्ती गरेर सम्बन्धलाई सहज बनाउने दिशामा अघि बढाउनु पर्ने आवश्यकता समेत औल्याए । भट्टराईले नेपालमा असार २० र २१ गते प्रबुद्ध समूहको काठमाडौमा बस्ने पहिलो बैठक परिचयात्मक बैठक हुने स्पष्ट पार्दै पहिलो बैठकले समूहको दुई वर्षे कार्यकालमा के के गर्ने भन्ने विषयका योजना बनाउने जानकारी दिए । उनले समूहको बैठक प्रत्येक तीन तीन महिनामा बस्ने र त्यसले नेपाल भारत सम्बन्ध सुमधुर पार्न दुई देशवीचका सन्धी, सम्झौताहरुलाई समयानुकुल बनाउन आवश्यक सुझावदिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप