सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–जापान राजनीतिक परामर्श बैठक भोलि

मङ्गलबार, १४ असार २०७३, १५ : ३५
मङ्गलबार, १४ असार २०७३

काठमाडौँ– नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक भोलि यहाँ हुने भएको छ ।

बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै मुलुकका अधिकारीले विचार आदानप्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका बारेमा पनि छलफल हुनेछ ।

बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत एवम् क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सहसचिव एवम् उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्रप्रसाद अर्यालले बताए ।

बैठकमा जापानी पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदाले गर्नेछन् भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव अर्यालले गर्नेछन् ।

बैठकमा भाग लिने तीन सदस्यीय जापानी प्रतिनिधिमण्डल आज बिहान राजधानी आइसकेको जानकारी दिँदै उनले त्यसमा नेपालका लागि जापानका राजदूत मासासी ओगावासहित यहाँस्थित जापानी राजदूतावासका उच्च अधिकारीहरु नौजना सहभागी हुने बताए ।

त्यसैगरी बैठकमा नेपालका तर्फबाट परराष्ट्र, शिक्षा, स्वास्थ्य, अर्थ, गृह, कानुन, भौतिक पूर्वाधार, ऊर्जा, उद्योग, वाणिज्य, पर्यटन, वन, राष्ट्रिय योजना आयोग र नेपाल पुनःनिर्माण प्राधिकरणका वरिष्ठ अधिकारीहरु १५ जना सहभागी हुने जानकारी पनि सहसचिव अर्यालले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप