सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

योगेशसँगको टक्करपछि पत्रकार भण्डारीद्वारा एमाले परित्याग

मङ्गलबार, १४ असार २०७३, १६ : ५१
मङ्गलबार, १४ असार २०७३
काठमाडौं  – पत्रकार खेम भण्डारीले एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले आफ्नो व्यवसायिक बाध्यता र विचार प्रवाहलाई फराकिलो बनाउन   एमालेको साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेको बताए  । तर, विगत केहि दिन यता भण्डारीले पार्टी सचिव एबं प्रचार विभाग प्रमुख योगेश भट्टराईको कार्यशैलीको सामाजिक सञ्चालमार्फत आलोचना गर्दै आएका थिए । उनले आफूले राजीनामा दिनुको कारण आफ्नो व्यक्तिगत र बाध्यताका परिणाम भएको दाबी गर्दै कुनै असन्तुष्टिका कारणले नभएको दाबी गरेका छन् । भण्डारी कञ्चनपुरका स्थायी बासिन्दा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप