सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको मागमा जुटेन सहमति, संसद बैठक स्थगित

मङ्गलबार, १४ असार २०७३, १८ : ००
मङ्गलबार, १४ असार २०७३
काठमाडौं, असार १४– व्यवस्थापिका संसदको बैठक बस्दै नबसी भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ । सहमतिको प्रयासस्वरुप दिउँसो साढे तीन बजेका लागि बोलाइएको बैठक सारेर साँझ ५ बजेको लागि बोलाइएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट रुपमा २ लाख दिनुपर्ने माग गर्दै आज पनि संसद अवरोध गर्ने तयारी गरेपछि संसद सचिवालयले सुचना टाँस गरि बैठक स्थगित गरेको हो । कांग्रेससँग सहमतिको प्रयासस्वरुप आज दिनभर कार्यदल र शीर्ष तहमा छलफल भएपनि कुनै सहमति बन्न नसकेको बताइएको छ । नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले कुनै पनि हालतमा भूकम्पपीडितले एकमुष्टरुपमा २ लाख रुपयाँ पाउनु पर्ने भन्दै त्यो माग पूरा नभएसम्म संसद चल्न नदिने रातोपाटीलाई बताए । यस्तै राप्रपा नेपालका सांसद सुशील श्रेष्ठले भूकम्प पीडितले राहत पाउनुपर्नेमा सबै दलबीच एकमतता रहेको भएपनि विगतमा बनेको कार्यदल विपरित कांग्रेस जाँदा समस्या उत्पन्न भएको बताए । भूकम्पपीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने भन्दै कांग्रेसले विगत चारदिनयता संसद बैठक अवरुद्ध पार्दै आएको छ । तर सत्तारुढ दलले भने पहिलो किस्तस्वरुप ५0 हजारमात्रै दिन सकिने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप