सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रीमतीलाई गोली हानी घाइते बनाएका श्रीमानको शव फेला

मङ्गलबार, १४ असार २०७३, २२ : २२
मङ्गलबार, १४ असार २०७३
गोरखा –उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ । सुकमायाको दायाँ पुट्ठामा गोलीको छर्रा लागेको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचार गर्न आरुघाटस्थित अस्पतालमा ल्याइएको छ । घरायसी विवादका कारण कामीले श्रीमतीलाई गोली हानेको बताइएको छ । श्रीमतीलाई गोली हानेर घाइते बनाएपछि कामीले घर छाडेका थिए । घरदेखि ५०० मिटर टाढा खनायोको रूखमा झुन्डिएको अवस्थामा कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । घटनाबारे अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । कामीको शव सोमबार साँझ नै फेला परेको हो । घटना भएको ठाउँ दुर्गममा भएकाले ढिला गरी जानकारी आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप