सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पासाङल्हामु राजमार्ग खुल्ला

मङ्गलबार, १४ असार २०७३, २२ : २७
मङ्गलबार, १४ असार २०७३

रसुवा – गएरातिको वर्षाका कारण अवरुद्ध भएको पासाङ राजमार्गअन्तर्गत रसुवाको मूलखर्क खण्डमा आज अपराह्नबाट सवारीसाधन आवतजावत भएको छ ।

प्रहरी प्रमुख अवधेश विष्टका अनुसार डिभिजन सडक कार्यालय नुवाकोटको डोजरको सहायताले पहिरो व्यवस्थापन गरी सडक सञ्चालन भई रोकिएका सवारीसाधन आ–आफ्ना गन्तव्यतर्फ गइसकेका छन् ।

उता नेपाल–चीन सिमाना रसुवागढीनजिक गएको पहिरो भने बुधबारसम्म पन्छाउने लक्ष्य लिई स्काभेटर प्रयोग गरिदिन रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरी प्रमुख विष्टले बताए । गएराति मूलखर्क र रसुवागढी क्षेत्रमा ठूलो पहिरो गई सडक अवरुद्ध भएपछि सयौँ मालवाहक सवारीसाधन रोकिएर सडकका विभिन्न भागमा अलपत्र परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप