सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितलाई पहिलो किस्तास्वरुप डेढ लाख दिने कांग्रेस र सत्तापक्षबीच सहमति

बुधबार, १५ असार २०७३, १४ : ००
बुधबार, १५ असार २०७३
[caption id="attachment_55894" align="alignleft" width="840"] file photo[/caption] काठमाडौं– सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भूकम्पपीडितलाई पहिलो किस्तास्वरुप डेढ लाख दिने सहमति भएको छ । आज बिहान भएको सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको बैठकबाट भूकम्पपीडितलाई पहिलो किस्तास्वरुप डेढ लाख दिने सहमति भएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले रातोपाटीलाई जानकारी दिए । ‘भूकम्पपीडितलाई दुई किस्ता गरी २ लाख सहयोग रकम दिने सहमति भएको छ, जसमा पहिलो किस्तास्वरुप छिट्टै डेढ लाख उपलब्ध गराइनेछ र बाँकी ५० हजार अर्को किस्तामा उपलब्ध गराइने सहमति भएको छ’, गिरीले भने, ‘ अब संसदको अवरोध हटेको छ । ’ उनले सहमति भएसँगै राहत तथा अनुदान वितरणसम्बन्धी कार्यविधि परितको प्रक्रियामा गइने भन्दै विश्ब बैंकसँग पनि यस विषमया छलफल गरिने बताए । यसअघि कांग्रेसले भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिनुपर्ने माग राख्दै आएपनि  दलहरुबीचको छलफलका क्रममा लचकता अपनाउँदै  डेढलाखमा सहमति जनाएको  हो । संसद बैठक २ बजे यसैबीच व्यवस्थापिका संसद्को बैठक दिउँसो तीन बजेको लागि बोलाइएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दलहरुबीच छलफल चल्दै गरेकाले तीन घन्टाका लागि पर सारिएको हो । आजको बैठकमा कुनै अवरोध नगर्ने कांग्रेसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप