सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संवादमार्फत समाधान खोज्न वरिष्ठ नेता पौडेलको आग्रह

बुधबार, १५ असार २०७३, १३ : ०८
बुधबार, १५ असार २०७३

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत सङ्घीय गठबन्धन नेपालले उठाएका माग वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन् । आफ्ना माग पूरा गराउन दबाब सिर्जन गर्न गठबन्धनद्वारा टुडिखेलमा जारी रिले अनशन स्थलमा गई जायज माग पूरा गर्न सत्तारुढ दलले तत्परता देखाउनुपर्छ भने ।

नेता पौडेलले गठबन्धनका माग पूरा गराउन सत्तारुढ दल गम्भीर बन्न नसकेको आरोप लगाउँदै आफ्नो पार्टीले वार्ता र संवादका मार्फत गठबन्धनका माग पूरा गराउन जोड दिएको जानकारी दिए ।

गठबन्धनले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिन रिले अनशन सुरु गरेको दुई हप्ता बितिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप