सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै

बुधबार, १५ असार २०७३, ०६ : १३
बुधबार, १५ असार २०७३

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण र अफगानिस्तान घटनाका विषयमा व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो २ बजे बस्ने सदनको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उपप्रधानमन्त्री भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागका विषयमा सहमति भएपछि अवरुद्ध सदन सुचारु हुन लागेको हो । सो माग पूरा गराउन नेकाले सदन अवरुद्ध गराउँदै आएको छ ।

आज बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेष कारण आजै २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको थियो ।

प्रमुख प्रतिपक्षी दलको सो मागका सम्बन्धमा गठित कार्यदलको बैठकमा भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु एक लाख ५० हजार दिने र रु ५० हजार किस्ताबन्दीमा दिने सहमति भएको उपप्रधानमन्त्री रावलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप