सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ढुंगाले किचेर एक मजदुरको ज्यान गयो

बुधबार, १५ असार २०७३, १४ : ०२
बुधबार, १५ असार २०७३
गुल्मी– गुल्मीको खज्र्याङ–२ स्थित खर्यानमा ढुंगाले किचेर एक मजदुरको ज्यान गएको छ । खज्र्याङ–२ का अरुण नेपाली लामो समयदेखी ख¥यानमा रहेको ढुंगाखानीबाट ढुंगा निकालेर बेच्दै आएका थिए । ढुंगा बेचेर जिवीकोपार्जन गर्दै आएका नेपालीलाई बुधवार ढुंगा निकाल्ने क्रममा माथिबाट ठुलो ढुंगो खसेर किचेको हो । ‘खानिबाट ढुंगा निकाल्दै गर्दा माथिबाट आएको ढुंगाले किचेर अरुण नेपालीको मृत्यु भएको छ’ गुल्मीका प्रहरी प्रमुख एसपी भोला रावलले भने, ‘कम्मरदेखी माथिको भाग ढुंगाले किचेको छ, उद्धारका लागी प्रहरीलाई घटनास्थल पठाएका छौं ।’ निजका दुई छोरा र एक श्रीमती रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप