सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गगन थापा अमेरिकामा

बुधबार, १५ असार २०७३, १४ : ३८
बुधबार, १५ असार २०७३

वाशिंगटन डिसी -आगामी जुलाई १ देखि ४ तारिख सम्म हुने एएनएको सम्मेलनको लागि गगन थापा ,भुषण दाहाल लगायत अन्य वक्ताहरु अमेरिकाको एटलांटा आई पुग्ने भएका छन् l

दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को सम्मेलनको दोश्रो दिन शनिबार नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा नेता गगन थापा ,नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी , राजनैतिक समीक्षक ,पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल आउने सुनिस्चित भएको जानकारी एएनएका अध्यक्ष रोजर अधिकारीले दिएका छन् l

उक्त नेपाल फोरम कार्यक्रम जुलाई २ मा हुने छ भने कार्यक्रम संचालन अध्यक्ष रोजर अधिकारी तथा डा अनुप श्रीवास्तवले सयुक्त रुपमा गर्ने भएका छन् l नेपाल मंच(फोरम)कार्यक्रम आर्थिक विकास सम्बन्धि केन्द्रित हुनेछ l अध्यक्ष अधिकारीले सम्मेलनको पुरा तयारी लगभग भएको बताएका छन् l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप