सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्यटक भित्र्याउने उद्देश्यले नेपाली टोली अमेरिकामा 

बुधबार, १५ असार २०७३, १४ : ४३
बुधबार, १५ असार २०७३
क्यालिफोर्निया- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल अमेरिकी पर्टटक नेपाल भित्र्याउने उद्देश्यले अमेरिका आएको छ । 
 
सहसचिव घनश्याम उपाध्यायको व्यवहारप्रति भने अमेरिकामा रहेका नेपालीहरु चिडीएका छन् ।क्यालिफोर्नियाका लागि अवैतनिक पर्यटनदूत रहेर गत महिनासम्म सेबा गर्दैआएका अनिल पाण्डेलाई सहसचिव उपाध्यायले हप्काएका छन् । ‘तपाईंलाई कसले बोलायो र आउनुभयो' भनेर पाण्डेलाई अमानवीय व्यवहार गरिएको हो  l
 
टोलीमा सचिव राई, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, मन्त्रालयकै सुदन सुवेदीलगायत १७ जनाको टोली छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप