सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नयाँ प्रविधि भित्र्याउदै असार १५ मनाइयो

बुधबार, १५ असार २०७३, १४ : ५४
बुधबार, १५ असार २०७३

सल्यान– सल्यानमा पहिलो पटक एसआरआई प्रविधि भित्र्याउदै असार १५ अर्थात १३ औं धान दिवस मनाइएको छ । सल्यान जिल्लामा पहिलो पटक एसआराआई प्रविधिबाट धान रोपेर असार १५ मनाइएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ । यो वर्ष व्यवसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार भन्ने मुल नाराका साथ सल्यान श्रीनगरमा धान दिवस मनाइएको हो । एसआराआई प्रविधि जलबायु अनुकुलन प्रविधि भएकाले सल्यान जस्तो निकै कम पानी हुने ठाउँमा यो प्रविधि निकै प्रभावकारी हुने वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेलले जानकारी दिए । उनले भने, ‘ निकै कम २० प्रतिशत पानीमा पनि यो विधिबाट धान रोप्न सकिने भएकाले सल्यान जस्ता बढि सुख्खा ठाउँका लागि यो थप्रविधि निकै प्रभावकारी छ । व्याड राखेको ८ देखि १० दिनभित्रमा रोप्न सकिने र थोरें विउबाट पनि राम्रो उत्पादन लिन सकिन्छ । ’ पराम्परागत प्रविधिबाट लगाइएको धानको एक सराबाट बढिमा ४० गाँजसम्म आउनेमात्र भएपनि यो प्रविधिबाट धान रोप्दा एउटै सराबाट ८० देखि ९० सराासम्म आउने गरेको उनले बताए । हल्का छिपछिपे हिलोमा ४० सेन्टिमिटरमा दुरीमा धान रोपिने र जति टाढा राप्यो उति नै गाँज बढि आउने उनले बताए । पराम्परागत रुपमा लगाउदै आएको विधिभन्दा झन्डै चारगुणा बढि धान यो प्रविधिबाट उत्पादन हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप