सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विनोद चौधरीको सफताको सुत्र : सकारात्मक सोच र दृढ इच्छाशक्ति

बुधबार, १५ असार २०७३, १४ : ५८
बुधबार, १५ असार २०७३

काठमाडौ–उद्योगपति विनोद चौधरीले सकारात्मक सोच र दृढ इच्छाशक्ति भएमा कुनैपनि काम गर्न ठूलो लगानीको आवश्यक्ता नपर्ने बताएका छन् ।

बुधवार राजधानीमा आयोजना गरिएको ‘क्लक बी विजनेश इनोभेसन बीजनेश नेटवर्ककिङ’ कार्यक्रममा उनले सो बताएका छन् ।

कार्यक्रममा चौधरीले आफ्नो जीवनमा पनि दृढ इच्छा शक्तिकै कारण ठूलो परिवर्तन आएको र अहिले अर्बपतिको सूचीमा पुग्ने अवस्था आएको बताएका थिए ।

ठूलो चुनौतीका साथ आफ्नो वुवाले गरेको व्यापार भन्दा फरक व्यापार गरेर पनि सफता हात परेको उनले सुनाए । ‘म आज विनोद चौधरी भएर जसरी चिनिएको छुृ, त्यसमा वुवाको मार्ग दर्शन र मेरो दृढ इच्छा शक्तिनै कारण वनेको छ’, चौधरीले भने, ‘केही नयाँ काम गर्नु पर्छ भने लगानी नै सवैकुरा होइन रहेछ ।’

उनले आफुले सुरु गरेका थुप्रै व्यवसायीक योजनाहरु सकारात्मक सोच र निरन्तरको लगनशिलताका वावजुत सफल भएको जनाए । अहिले पनि भारत लगायत युरोप र अमेरिकामा आफ्ना उत्पादनहरुले राम्रो वजार लिएको उनले सुनाए ।

वाइवाई अहिले विश्वका दर्जनौ मुलुकमा पुगेको उनले सुनाए । यस्तै, अहिले होटल व्यवसायमा लागेकाले अव २०२० सम्ममा विभिन्न मुलुकमा २ सय वटा स्टार होटल स्थापना गरिसक्ने लक्ष्य रहेको चौधरी खुलाए । नयाँ र चुनौती रहेको क्षेत्रमा लागनी गरेपनि त्यसलाई व्यवस्थापन गर्न आफु सक्षम रहेको चौधरकिो भनाइ थियो ।

कार्यक्रममा अर्का हाउजिङ व्यवसायी ओम राजभण्डारी, बैंकर अनिलकेशरी शाह, वीवीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्र लगायतले सकारात्मक  सोचको विकास कसरी गर्ने भन्ने सहभागिलाई प्रशिक्षित गरेका छन् ।

हरेक काममा लगनशिलता र धैर्यता अनिवार्य रहेको र त्यसलाई आतमसाथ गर्ने व्यक्तिले सफता पाउनेमा दुईमत नरहेको उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप