सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अधिकांश कृषकका खेत बाँझै

बुधबार, १५ असार २०७३, १५ : ०६
बुधबार, १५ असार २०७३

इटहरी – आज असार १५ धान दिवस अर्थात मानो रोपेर मुरी उब्जाउने दिन । देशभर असार पन्ध्र मनाई रहँदा सुनसरीमा पनि कृषकहरुले धान रोपेर असार १५ मनाएका छन् । तर पर्याप्त सिचाई नहँुदा अधिकांश कृषकका खेत बाझै रहेका छन् । असार १५ मा सुनसरी भरी अघिल्लो बर्ष १० हजार हेक्टरमा धान खेती भएको थियो । सुनसरी जिल्लामा कुल ७४ हजार ३ सय ५३ हेक्टर खेतीयोग्य जमिन रहेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । अहिले पर्याप्त सिचाई नभएका कारण सुनसरी भरी केबल २ दुई हजार ६ सय ४० हेक्टरमा मात्र धानखेती भएको जिल्ला कृषि बिकास कार्यलय सुनसरीले बताएको छ । समयमै ध्यान नदिँदा यस बर्ष अपेक्षाकृत धान रोपाई हुन नसकेको हो । धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको सुनसरी, मोरगं, झापा लगायतका क्षेत्रमा सिचाईको अभावमा प्रयाप्त धान रोपाई हुन नसकेको जिल्लाका कृषि सम्बन्धि कार्यालयका तथ्याकंहरुमा उल्लेख गरीएको छ । सुनसरी मोरगं सिचाई आयोजनाको नहरमा केही समय अगाडी पानी नभएका कारण धान रोपाई अत्यन्तै न्यून भएको कृषकहरले वताएका छन् । अघिल्लो बर्ष यो समयमा १० हजार हेक्टरमा धानखेती भईसकेकोमा यो बर्ष भने धान रोपाई गर्नका लागि मल विऊ, सिचाई कुनै पनि सुविधा नभएको कृषकहरुले गुनासो गरेका छन् । नहरमा समयमा पानी नआएका कारण समयमै खेत हिलो बनाउन नसकेका कारण धान रोपाई हुन सकेको छैन । हुन त यो बर्ष समयमै मनसुन सुरुभएको छ । पानी परेपछि केही ठाउँमा रोपाई भएका छन् तर बर्षाको पानी जम्ने ठाउँमा रोपाई भएपनि अधिकांस खेत लाई कुलोकै पानी चाहीने भएकाले अझै रोपाई हुन बाँकी रहेको कृषकहरुले बताएका छन् । सुनसरी मोरगं सिचाई आयोजनाको नहरमा पानी नभएपछि धानको विऊ पनि ढिला हुन गएको थियो । यो बर्ष भर्खरै मात्र नहरमा पानी जान थालेको कारण अव विस्तारै धानखेती हुने जिल्ला कृषि विकास कार्यलका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिए । कृषकहरुले असारमा जसो तसो धान रोपेपनि धानको उचित मुल्य नपाउने कारणले धान रोप्नका लागि मेहनत गर्ने अवस्था पनि नभएको कृषकहरुले बताउन थालेका छन् । धान खेतीका लागि कृषकहरुलाई मल विऊ र सिचाईका लागि राम्रो प्रबन्ध नहुँदा यस तर्फ कृषकहरुको आकर्षण पनि घट्दै जान थालेको छ । विभिन्न समस्यालाई झेल्दै धान खेती लगाएका कृषकहरुले धान भित्राउने समस्याका उचित मोल नपाउँदा उनीहरु निरास हुनुपर्ने कृषकहरुले गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप