सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जब महिलासँगै पशुपतिले धान रोपे (फोटोफिचर)

बुधबार, १५ असार २०७३, १५ : २२
बुधबार, १५ असार २०७३

भक्तपुर – प्रत्येक वर्ष असार १५ गतेका दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यो दिवसलाई किसानदेखि राजनतिक दलसम्मले मनाउँदै आएका छन् ।

यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । धान खेती हुने क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइँ गरिन्छ भने १० प्रतिशतमा मेसिनद्वारा धान रोपिन्छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । दिवसको अवसरमा भक्तपुरको सोडालमा आयोजित रोपाई कार्यक्रममा राप्रपाका नेता पशुपति शमशेर राणालगायत सहभागि भए । उक्त पार्टीको आयोजनामै भएको उक्त कार्यक्रममा केहि बेर राणाले महिलाहरुसँगै धानसमेत रोपेका थिए । सो अवसरमा बोल्दै राणाले आफ्नो पार्टी यो सरकारको काम देखेर हैरान भएको बताए । उनले भने ‘सरकारको कार्य शैली प्रती हामी सन्तुष्ट छैनौ । ’ भुकम्प गएको १४ महिना सम्म पनि पिडितले अनुदान पाउन नसक्नु विडम्वना भएको नेता राणाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप