सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सहज रुपमा सूचना पाउनुपर्ने माग

बुधबार, १५ असार २०७३, १५ : ३८
बुधबार, १५ असार २०७३
बर्दिबास–नागरिकले सार्वजानिक कार्यलयबाट माग गरिएका कानुन बमोजिमका सुचनाहरु कार्यालयका सुचना अधिकारीहरुले निर्वाध रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका छन । नागरिकले पसिना चुहाएर राज्यलाई तिरेको करबाट सरकारी कार्यालयले गरेको कामकारवाहीको सुचना नागरिकहरुले अझैपनि नपाईरहेको सुचनाका अभियन्ता भिमबहादुर आलेले बताए । बुधबार महोत्तरीको बर्दिवासमा सुचनाको अभियन्ता, सरकारी कार्यालयका सुचना अधिकारी र संचारकर्मीवीच सुचनाको हकको लागि नागरिक अभियान काठमाण्डौले आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले सुचनामा सरकारी कार्यालयहरुले अंकुश लगाउन नहुनेमा जोड दिएका छन । सुचनाका अभियन्ताहरुले सार्वजानिक कार्यालयबाट सुचनाको अभियन्ता र कार्यालयका सुचना अधिकारी एक अर्काले सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने आवश्यक रहेको सुचनाको हक नागरिक अभियानका संयोजक तारानाथ दाहालले बताए । दाहलाले भने, वर्तमान परिस्थितमा हरेक सरकारी कार्यालयले नियमित रुपमा सुचना अध्यावधिक नगरेको कारण सर्वसाधारणले सुलभ रुपमा सुचना पाउन नसकेको बताए । अध्यक्ष दाहालले हरेक कार्यालयले गरिएको कामकाजको गतिविधी प्रत्येक ३, ३ महिनामा आद्याविक गर्नका लागि कार्यक्रमका वीच सुचना अधिकारीहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा महोत्तरी लगायत सर्लाही, धनुषा, रौतहटका विभिन्न सरकारी कार्यालयका सुचना अधिकारी, सुचनाका अभियन्ता तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप