सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घरेलु हिंसाका उजुरी बढे

बुधबार, १५ असार २०७३, १५ : ४३
बुधबार, १५ असार २०७३
दमक- झापाको दमकमा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरी बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरीका घटनामा वृद्धि आएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकमा आव २०७१÷७२ मा ४८ वटा उजुरी दर्ता भएकोमा चालु आवको साउनदेखि जेठसम्मको ११ महिनामा ५५ वटा उजुरी दर्ता भएका छन् । त्यसअघि आव २०७०÷७१ मा ४७ वटा उजुरी दर्ता भएका थिए । इप्रका दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार उजुरी गर्नेमा अधिकांश घरेलु हिंसाका घटना छन् । सामाजिक रुपान्तरणसँगै आम नागरिकमा आएको चेतनाका कारण घरेलु हिंसाका घटना प्रहरी कार्यालयसम्म आउने क्रम बढेको उपरीक्षक लिम्बूले atfP . दमक तथा आसपासका क्षेत्रमा घरेलु हिंसाका अधिकांश घटना मादक पदार्थ सेवनका कारण हुने गरेको pgn] atfP .  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप