सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आयुर्वेदको अनियमितता विरुद्ध अख्तियार र लेखा समितिमा उजुरी

बुधबार, १५ असार २०७३, १४ : ०५
बुधबार, १५ असार २०७३

काठमाडौँ  – आयुर्वेद विभागमा भएको अनियमितता विरुद्ध फेरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिमा पनि उजुरी परेको छ । विभागको अनियमतिताबारे रातोपाटीमा समाचार प्रकाशित भएपछि छानविनको लागि भन्दै अख्तियार र लेखा समितिमा उजुरी परेको हो । ur रातोपाटीलाई प्राप्त अख्तियारमा दर्ता भएको ३०९४२ नम्बरको उजुरी अनुसार प्रकृया नपु¥याई औषधी खरीदको ठेक्का दिएको कम्पनीले भारतबाट धुलो औषधी ल्याई नेपालमै लेवल प्रिण्ट गरेर धमाधम प्याकिङ्गको काम भईरहेकोले छानविनको माग गरिएको छ । भारतबाट बोरामा ल्याएको औषधी काठमाडौमा प्याकिङ्ग उजुरीमा उल्लेख भएअनुसार भारतबाट बोरामा ल्याएको औषधी काठमाण्डौमा देशरक्षक कम्पनीको लेवल छाप प्रिण्ट गरी प्याकिङ्ग गर्ने काम भईरहेको छ । २४ लाख रुपैयाँमा ३२ बोरा औषधी ल्याएर यहाँ प्याकिङ्गको काम भैरहेको श्रोतले बताएको छ । आयुर्वेद विभागले ९० किमिमका औषधी खरीदका लागि टेण्टर आह्वान गरीएकोमा नेपालगंजको आशा आयुर्वेद भवनको नाममा परेको २ करोड ८९ लाख रुपैयाँ बराबरको औषधी खरीदका लागि स्विकृती दिएको थियो । उक्त फर्मविभागमा २० वर्षदेखि एकलौटी रुपमा औषधी खरीदको टेण्डर हात पार्दै आएका विबादास्पद ठेकेदार विष्णु सिंखडाले नै पेश गरेका हुन् । ‘तर जम्मा २४ लाखको धुलो भारतबाट ल्याएर र बाँकी नेपालबाटै किनेर जम्मा करीव ६० लाखमा उनले गुणस्तरहिन औषधी आपूर्ति गर्न लागेका छन्’ आयुर्वेद विभागका एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा बताए ‘यो खेलले जनताकहाँ औषधीको नाममा विशाक्त धुलो मात्रै पुग्छ ।’

गएको माघ १२ गते २ करोड ९६ लाख बराबरको औषधी खरीदको लागि टेण्डर खुलेको थियो । त्यसका लागि लामो समयदेखि एकलौटी रुपमा टेण्डर हातपार्दै विष्णु सिँखडाले २ वटा फर्मको नाममा टेण्डर दर्ता गराएका थिए । सिँखडाले आशा आयुर्वेद भवन नेपालगंज र जनता आयुर्वेद बुटवलको नाममा टेण्डर दर्ता गराए भने कोटकाली आयुर्वेद औषधालयमार्फत अर्को समूहले ईविडीङ्गमार्फत टेण्डर दर्ता गराए । ईविडीङ्ग गरेको कोटकालीले प्रकृया नपु¥याएको भन्दै सिँखडाको आशा आयुर्वेदले टेण्डर दिईयो । उक्त टेण्डरमार्फत ८४ प्रकारका औषधी अहिले किनीदैछ । बाँकी ६ प्रकारका औषधीको भने टेण्डर भने प्रकृया नमिलेकोले खरीद हुन नसकेको डा. पन्थीले बताए ।

खरीद गर्न लागिएको औषधीले मृगौला फेल हुनेदेखि आन्द्रामा घाउ हुन सक्ने भारतबाट बोरामा ल्याएको उक्त औषधीको धुलो गुणस्तरहिन धुलो मात्र भएको भन्दै विभागकै चिकित्सकले विरोध गरेका छन् । ‘बोरामा ल्याईएका लौहभष्म, मण्डुरभष्म, गोदन्तीभष्म लगायतका भष्म औषधीहरु सबैभन्दा बढी खतरापूर्ण छन्’ एक चिकित्सकले भने ‘ति भष्महरु बनाउँदा फलाम, गोदन्ती लगायतका खनिज सहित विभन्न आयुर्वेवेदिक औषधी उच्च तापक्रममा राखेर भष्म ‘खरानी’ बनाईन्छ । तर त्यो राम्रोसंग ‘पुटपाक’ भएन भने त्यसका टुक्राहरुले शरीरमा नकारात्मक असर गर्छन ।’

अहिले विभागमा पेश गरीएका भष्महरु ‘उत्तमपाकी’ नभएकोले त्यो अत्यन्तै जोखिमपूर्ण भएको उनले बताए । आयुर्वेदिक औषधी लामो समयसम्म खानुपर्ने हुन्छ । ति औषधीहरु राम्रोसंग नपाकेको कारण त्यसमा भएको फलामको सानो सानो टुक्रा मृगौलामा थिग्रीएर मृगौला विग्रने वा आन्द्राहरु प्वालपार्न सक्ने डर हुन्छ । ‘जस्तो खुट्टामा काँटी विझेपछि असर गर्छ, राम्रो संग नपाकेको औषधीले शरीरको भित्री भागमा यस्तै असर पर्न सक्छ’ एक कर्मचारीले भने ‘अहिले आशा आयुर्वेदले स्याम्पलको रुपमा पेश गरेको औषधीमा त्यस्तो जोखिम भएको भेटियो ।’ ति चिकीत्सकका अनुसार मान्छेले स्वास्थ्य परीक्षण गराउँदा ‘हेवि मेटल टेष्ट’ गर्दा अत्यधिक देखिनसक्छ । त्यस्तै आयुर्वेदको मुटु भने चिनीने ग्याष्टिकको रामवाण भनेर चिनिने ‘अविपत्तिकर चुर्ण’मा ल्याङ्ग नै नमिसाएको, दमखोकीको औषधीमा अनिवार्य रुपमा मिसाउनु पर्ने दालचिनीको साटो टिमुर मिसाईएको पाईएको छ । ‘जसले गर्दा स्वास्थ्यमा सिधै नकारात्मक असर पर्छ’ ति चिकित्सकले भने । २० वर्षदेखि सिँखडाले टेण्डर पारेदेखि लगातार यस्तै गुणस्तरहिन औषधी दिएको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप