सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकका कर्मचारी आन्दोलित

बुधबार, १५ असार २०७३, १६ : २३
बुधबार, १५ असार २०७३

काठमाडौ– नेपाल राष्ट्र बैंकका आन्दोलित कर्मचारीले गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकक्ष घेराउ गरेका छन् । कर्मचारीको माग सहितको हस्ताक्षर वुझ्न नमानेपछि उनीहरुले गभर्नरको कार्यालय घेराउ गरेका हुन् । उमेर हदवन्दी र सेवा अवधिका विषयलाई लिएर कर्मचारी आन्दोलित बनेका हुन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा निवयमावली २०६८ को परिच्छेद १० को विनयम १११ को व्यवस्था कायमै हुनुपर्ने आन्दोलनरत कर्मचारीहरुको माग रहेको छ । कर्मचारीहरुले व्यवस्थापनको ध्यानाकर्षण गराउँदै सात सय जना कर्मचारीको दबाबमूलक हस्ताक्षर संकलन गरेका थिए । संकलित हस्ताक्षर गभर्नर समक्ष पु¥याउन खोज्दा गभर्नरले उल्टै व्यवस्थापन पक्षको पक्षपोषण गर्दै कर्मचारीको हस्ताक्षर बुझ्न नमानेपछि गभर्नरलाई नै घेराउ गरेको वताएका छन् ।

आन्दोलनरत कर्मचारीले सेवा अवधि ३० वर्ष तथा अनिवार्य अवकास ५८ वर्ष उमेर हद कायमै रहनुपर्ने बताउँदै आएका छन् । उनीहरुका अनुसार विनियम ११३ बमोजिम पदावधि पूरा गरेको कर्मचारीहलाई बैंकबाट अनिवार्य अवकाश दिइनेछ भन्ने व्यवस्था हुँदा हुँदै हालको उच्च व्यवस्थापनले समग्र कर्मचारीको भावनालाई लत्याएको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप