सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बझाङमा आधा घण्टाको अन्तरालमा तीनवटा भूकम्प

बुधबार, १५ असार २०७३, १७ : २०
बुधबार, १५ असार २०७३

डोटी– सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आधा घण्टाको अन्तरालमा आज तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार पहिलो धक्का दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको र ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । तीनवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व मयाना भन्ने स्थानमा रहेको सुुर्खेत केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै ठाउँबाट जानकारी नआएको र ठाउँ ठाउँमा सम्पर्क गरी क्षतिको लगत लिने काम भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप