सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयमा किताब पुगेन, सदरमुकामका पसलमा किताबका चाङ

बिहीबार, १६ असार २०७३, ११ : ३१
बिहीबार, १६ असार २०७३

कालीकोट–विद्यालय संचालन भएको ३ महिना वितिसक्दा पनि कालिकोट जिल्लाका अधिकाशं विद्यालयले पाठ्यपुस्तक सदरमुकाममा नै राखेको भेटिएको छ । शिक्षा चेतनाको सम्वाहक, विकासको मेरुदण्ड र सभ्यताको मुहान हो, भनेर सधै शिक्षकले विद्यार्थीलाई कराउने र जिल्ला शिक्षा अधिकारीले पनि सम्पूर्ण शिक्षकलाई पाठ पढाउदै जिल्लाका विभिन्न गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गर्दै आइरहेका बेला कालिकोट जिल्लाको कुमालगाउँ गाविसको वडा नं ९ गोठी स्थिति विश्वकुना माध्यामिक विद्यालयमा अहिलेसम्म कक्षा १० को ऐछिक विषय भूगोल र कक्षा ६ को पेसा व्यवसाय र प्राविधिक पाठ्यपुस्तक पुग्न सकेको छैन । उसो त जिल्ला शिक्षा कार्यालयले नदिएको पनि होइन जिल्ला शिक्षा कार्यालयबाट पाठ्यपुस्तक लिइ सदरमुकामको एक पसलमा महिनौदेखि पाठ्यपुस्तक राखिएको छ । यसरी पसलमा किताव राख्दा करिव ३ महिनादेखि विद्यार्थीहरु मर्कामा परेका छन् । दुर्गम गाविस कुमालगाउँको माध्यमिक विद्यालयले ३ महिनादेखि किताव लिएको छैन र अहिले सम्म पनि विद्यार्थीको हातमा किताव पुग्न सकेको छैन । यसको प्रत्यक्ष असर भनेको असारमा हुने त्रैमासिक परिक्षामा पर्ने निश्चित छ । उक्त विद्यालयमा अध्ययनरत एक छात्राले भन्नुभयो त्रैमासिक परिक्षा नजिकै आइसक्यो अहिले सम्म किताव आएको छैन । विद्यालयमा किताव कहिले आउछ भन्दा एक दुइ दिनमा आउछ भन्दा भन्दै ३ महिना वितिसकेको उहाले बताउनुभयो । पहिले पुस्तक विक्रेतालाई दोष दिने गरिएकोमा अहिले शिक्षकको लापरबाहीका कारण यस्तो समस्या आएको अभिभावकको गुनासो छ । तर जिल्लाका कतिपय विद्यालयले भने त्रैमासिक परिक्षा नलिइ नै विद्यालय बन्द गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप