सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ ३ सय घट्यो

बिहीबार, १६ असार २०७३, १२ : २०
बिहीबार, १६ असार २०७३

काठमाडौ– आज नेपाली बजारमा सुनको भाउ प्रति तोला ३ सय रुपियाँले सस्तिएको छ । वुधवार स्थिर रहेको भाउ बिहीवार भने घटेको हो । आज छापावाल सुन प्रतितोला ५८ हजार र तेजावी सुन ५७ हजार ७ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ । चाँदी भने आज प्रतितोला २० रुपैयाँले वढेर ८ सय ३५ रुपियाँमा कारोवार भैरहको छ । मंगलवार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रति तोला ४ सय रुपैयाँ घटेको थियो । तर, वुधवार भने स्थिर रहेकोमा आज ३ सय रुपियाँ सस्तिएपछि उपभोक्तालाई केही राहत मिलेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार मुल्यकै कारण नेपालमा पनि सुनको भाउमा उत्तरचडाव आइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप