सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घर बनाउन पैसा पाउने आशामै बित्दै भूकम्पपीडितको बर्खा

बिहीबार, १६ असार २०७३, १२ : ३४
बिहीबार, १६ असार २०७३

रामेछाप–रामेछापको खिम्ती गाविसका भूकम्पपीडितहरुको बर्खा सरकारले घर बनाउन पैसा देला र घर बनाउँला भन्ने आशामै वित्ने भएको छ । बर्खा अघिनै सरकारले घर बनाउन पैसा देला भन्ने आशामा बसेका भूकम्पपीडितहरु मध्ये असारसम्म पनि पैसा नपाएपछि निराश भएका छन् ।

घर बनाउन दिने भनेको दुई लाख रुपैयाँको पहिलो किस्ता सम्झौता भए पनि पैसा कहिले आउँछ भन्ने अन्यौलताले भूकम्पपीडितहरुलाई बर्खा कसरी विताउने भन्ने चिन्ताले सताउन थालेको छ ।

सरकारले पैसा दिएपछि घर बनाउने योजना बुनेका खिम्ती गाविसका १ हजार ४ सय भूकम्पपीडितहरु सकैले पनि घर बनाएका छैनन् ।

‘सकारले पैसा देला र घर बनाउँला भन्दाभन्दै वर्खा लागिहाल्यो, आफै बनाउनलाई पैसा छैन, सकारले पनि दिन्छ कि दिँदैन, बर्खामा विजोग भोे’ खिम्ती–१ की चेलीमाया रोकाले भनिन् ।

‘राहात पाएको पाल च्यातियो, जस्ता पाता पनि पटक–पटक हावाले उडाउँदा प्वाल परेर पानी चुहिन्छ ’, अर्का स्थानीय मनोज रोक्काले भने । ‘दिनभर काम गरे बेलुका घर फर्कदा हावाले टहरको छानो उडाएर ओच्छ्यानमा पानीको दह जमेर बसेको हुन्छ, पानी उठाएर फाल्दाको हैरान हुन्छ, दिनभरी काम गरेर थाकेको ज्यान राति पनि आनन्दले सुन्त पाइदैन’, उनको गुनासो छ ।

कमजोर आर्थिक अवस्थाको कारण भूकम्पपीडितले घर बनाउन नसकेकाले सरकारले दिने अनुदान एकमुष्टमा दिए घर बनाउन सहज हुने शेरबहादुर खड्काले बताए ।

सकारले समयमै पीडितको हातमा पैसा पुर्यान नसक्दा यो बर्खा पनि पालमूनी नै वित्ने निश्चित जस्तै भएको छ । अहिले तत्काल पैसा दिए पनि वर्षाको कारण घर बनाउन सम्भव हुँदैन । वर्षा लागेसँगै जंगली जनावर, सर्प र विच्छिहरुले समेत सताउने गरेको पीडितहरुको गुनासो छ । पैसाको अभावमा घर बनाउन नसकेका भूकम्पपीडितहरु बर्शा लागेसँगै झन विचल्लीमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप