सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पीजे क्लबद्वारा फोटो प्रतियोगिता आयोजना, उत्कृष्ट फोटोलाई १ लाख पुरस्कार दिने घोषणा

बिहीबार, १६ असार २०७३, १३ : १३
बिहीबार, १६ असार २०७३

काठमाडौं– देशभरका फोटो पत्रकारहरुको साझा संस्था फोटो पत्रकार क्लब (पिजे क्लब)ले देशव्यापी फोटो प्रतियोगिता तथा प्रदर्शनी’ को आयोजना गरेको छ । अघिल्ला ४ संकरण सफलतापूर्वक सम्पन्न गरिसकेको क्वलबले नेपाल टुरिजम बोर्डको प्रवद्र्धनमा पुनः प्रतियोगिताको आयोजना गरेको हो । स्माइल, दैनिक जीवन , प्रकृति र वन्यजन्तु , घुमफिर संस्कृति र पर्यटन, समाचार फोटो , खेलकुद तथा फोटो कथा गरी ७ फरक विधा समावेश भएको प्रतियोगितामा सातै विधामा प्रथम, द्वितीय र तृतिय विजेता छनोट गरिनेछ । प्रतियोगी फोटोबीचको प्रतिस्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी ‘आइएमइ ग्वोबल आइएमइ बैंक फोटो अफ द इयर’ घोषणा गरिनेछ । जसको विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउने क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार पाउने समेत उल्लेख गरिएको छ । न्युज फोटो विधामा २०७१ सालदेखि २०७२ चैत्र मसान्तसम्म खिचिएका तस्विरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् भने अन्य विधामा जहिलेसुकै खिचिएका तस्विरहरू पनि पठाउन सकिने क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै अन्य कुनै प्रतियोगितामा मुख्य विजेता भइसकेका र यही प्रतियोगिताको अघिल्ला संस्करणका विजेता फोटोलाई भने सहभागि गराउन पाइने छैन । प्रत्येक विधामा प्रतियोगीले बढिमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् ।

‘आइएमई ग्वोबल आइएमई बैंक नेपाल’ नाम दिइएको प्रतियोगिता एवं प्रदर्शनीमा सहभागी हुन चाहनेले क्लबको वेभसाइटमा गएर आफ्नो फोटो दर्ता गराउन सक्नेछन् । नेपालभित्रै खिचिएको फोटो यही असार ३१ गते राति १२ बजेसम्ममा पठाइसक्नुपर्ने छ भने प्रतियोगितामा सहभागिता जनाउने नेपाली नागरिक नै हुनुपर्नेछ । यस्तै प्रतियोगिताबाट उत्कृष्ट छानिएका १ सय ५० फोटोलाई काठमाडौंमा सात दिन र नेपालका प्रमुख चार शहर वीराटनगर, पोखरा, नेपालगञ्ज, धनगढी, भैरहवा र चितवनको सौराहामा प्रदर्शन गरिने पनि क्लबले  जनाएको छ ।

प्रतियोगिता एवं प्रदर्शनीले फोटो पत्रकारितामा क्रियाशील एवं फोटोग्राफीमा रुची राख्नेहरूलाई प्रोत्साहन मिल्ने क्लबले विश्वास लिएको छ ।  विजेता फोटोको घोषणा साउन १२ गते एक कार्यक्रमकाबीच हुनेछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप