सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली पेस्तोल देखाई धम्काएको आरोपमा पक्राउ

बिहीबार, १६ असार २०७३, १३ : १८
बिहीबार, १६ असार २०७३
ललितपुर– ललितपुर उपमहानगरपालिका–७ प्यागल घर भई हाल हरिसिद्धि बस्ने ४५ वर्षीय बिकास महर्जनलाई नक्कली पेस्तोल देखाई धम्काएको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा पुल्चोकस्थित कान्तिपुर हाईटबाट महर्जनलाई १ थान सक्कली सर्टगन सोको ४६ राउण्ड गोली र १ थान नक्कली पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप