सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विपन्न विद्यार्थीलाई साइकल प्रदान

बिहीबार, १६ असार २०७३, १३ : ४०
बिहीबार, १६ असार २०७३

इटहरी – दुहबीभलुवाका विपन्न समुदायका विद्यार्थीलाई सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोख्रेलले साइकल सहयोग हस्तानतरण गरेका छन् । दुहबीभलुवाका गरीब मुसहर बस्तीका ९ कक्षामा पढ्ने ५ छात्रालाई एक एक–एक थान साइकल र करिब ७० जना छात्रा÷छात्रलाई स्कुले झोला तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन् । त्यस्तै यस पटकको एसएलसीमा उत्कृष्ट अंक ल्याउने विपन्न बस्तीका ४ जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ । दुहबीभलुवा स्थित दलित विकास समाजको पहलमा उक्त सामाग्री वितरण गरिएको हो । विपन्न समुदायका विद्यार्थीको विद्यालयमा सहज पहुँच पु¥याउने उदेश्यले सहयोग प्रदान गरिएको संस्थाका संयोजक लक्ष्मण ऋषिदेवले बताए । सहायक प्रमुख जिल्ला अधिकारी पोख्रेलले बिविध समस्याले घर देखि विद्यालय सम्म पुग्न कठिन भएका बालवालिकालाई सहज बनाउन गरिएको यस किसिमको सहयोग प्रशंसनिय रहेको बताए । कार्यक्रममा करुण फाउण्डेसन सुनसरीका प्रमुख रमेश बराल, स्थानिय राजनितिज्ञ तथा शिक्षासेवीहरुले विपन्न समुदायको जीवनशैलीमा शिक्षाले परिवर्तन गर्न सक्ने विषयमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप