सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लाखौं खर्च गरी मेडिकल माइक्रोबायोलोजी पढेका विद्यार्थी बेरोजगार !

बिहीबार, १६ असार २०७३, १४ : २५
बिहीबार, १६ असार २०७३

काठमाडौं– लाखौं खर्च गरी त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत केन्द्रिय माइक्रोबायोलोजी बिभाग, सोको आंगिक क्याम्पस तथा त्रिविबाट सम्बन्धन प्राप्त १० भन्दा बढि क्याम्पसहरुबाट मेडिकल माईक्रोबायोलोजीमा स्नाकोत्तर विद्यार्थीहरु हाल बेरोजगार बन्न बाध्य भएका छन् ।

स्वास्थ्यसम्बन्धी काम गर्नेहरुलाई नियमन गर्ने निकाय नेपाल स्वास्थ्य ब्यबसायी परिषद् (एनएचपीसी) ले दर्ता नदिँदा विद्यार्थीहरु योग्यता भएर पनि बेरोजगार बन्न बाध्य भएका हुन् ।

पाँच वर्ष अघि अर्थात २०६८ सालमा स्वास्थ्य ब्यबसायी दर्ता माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेपछि एनएचपीसीले बिज्ञहरुको समिति गठन गरी त्यसैको सुझावको आधारमा पाठ्यक्रममा केहि परिमार्जन गरी अस्थाई लाईसेन्स प्रदान गरेपनि त्यसपछि एनएचपीसीभित्रै भएको आर्थिक चलखेको आधारमा सो प्रक्रिया अवरुद्ध पार्ने काम भएको माइक्रोबायोलोजी संघर्ष समितिका सदस्यसचिव जितेन्द्र श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

‘ जब एनएचपीसमा आर्थिक चलखेलको माध्यमबाट श्रवण कुमार मिश्र आए, त्यस पछि एकाएक केहि ल्याब सम्बन्धि पढेका ब्यक्ति हरुलाई उचालेर हामीलाई प्रदान गरेको दर्ताको बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा हाल्न लगाए, र अदालतले कुनै स्टे अर्डर जारी नगर्दाको अबस्थामा पनि, मुद्धा परेको कारण देखाई बिनाकारण परिषद्मा निर्णय नै नगराई ब्यक्तिगत तवरबाट दर्ता प्रक्रिया बन्द गरिदिए । त्यस पश्चात हामी झनै पिडित भएका छौं’, श्रेष्ठले भने ।

पाँच वर्षअघि आन्दोलनको बलमा दर्ता पाउनेहरु भने अहिले विभिन्न स्वास्थ्य संस्था हरुमा कार्यरत छन् । जसमध्ये विस्व स्वास्थ्य संगठनको हालका नेपाल प्रमुख डा. प्रकाश घिमिरे समेत एक हुन् ।

विद्यार्थीहरुले दर्ताको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएपनि माग पूरा हुन नसक्दा निराश हुनुपरेको गुनासो पोखेका छन् । यसै सन्दर्भमा मागको सम्बोधनका लागि विद्यार्थीहरुले एनएचपीसीमा एक हप्ते अल्टिमेटनसहितको ध्यानाकर्षण पत्र बुझाएका छन् । यस्तै पीडित विद्यार्थीहरुले त्रिविका भीसीलाई पनि केहि दिन अघि मात्रै ज्ञापनपत्र बुझाएका छन् ।

एक हप्ताभित्रमा पनि मागको सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने पीडित विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

संघर्ष समितिका सदस्यसचिव श्रेष्ठले मागको सुनुवाई नभए ठूलो अन्याय हुने भन्दै त्यसको लागि कडा संघर्ष गर्न आफूहरु बाध्य हुने बताए ।

‘ तत्काल हाम्रो पक्षमा कुनै सकारात्मक कार्य नभएमा कडा आन्दोलन गर्ने निर्णयमा पुगका छौं ।

सो नभएको अवस्थामा हाम्रो अगाडि, विदेश भासिनुको विकल्प छैन ’, उनले अगाडि भने, ‘ जीवनको स्वर्णीम समय खर्च गरेर आर्जन गरेको ज्ञान र सिपको उपयोग गर्न नपाउदा बेरोजगारको बिल्ला भिर्नु परेको छ भने लगानी बालुवामा पानी हाले जस्तै भएको छ ।’

विद्यार्थीहरुका अनुसरा सो विषय अध्ययनका लागि कलेजहरु हेरी २ लाखदेखि पाँच लाखसम्म खर्च हुने गर्दछ भने हाल एमएस्सीमा सेमेस्टर सिस्टर लागू भएकाले थप महंगो पर्छ ।

 

हाल नेपालमा माइक्रोबायोलोजीमा स्नाकोत्तर उतिर्ण ४५०० जना तथा स्नातक उत्तिर्ण २४००० विद्यार्थी रहेको बताइएको छ ।३० अघि त्रि–चन्द्र क्याम्पसबाट सुरु भएको यो विषय हाल देशभरीका ३० भन्दा बढि क्याम्पसमा पढाई हुन्छ ।

दर्ता नपाउँदा बेरोजगार हुनुपर्ने अवस्थाको सिर्जना भएपछि २०७१ सालमा सिवद्यार्थीहरुले माइक्रोबायोलोजी संघर्ष समिति गठन गरी संघर्ष गर्दै आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप