सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादी नेताले भने– ९ बुँदे सहमति कार्यान्वयन नगरी बजेट पास हुन दिन्नौं

बिहीबार, १६ असार २०७३, १४ : ३८
बिहीबार, १६ असार २०७३

काठमाडौ, असार १६– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालिन एओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नौ बुँदे सहमति कार्यान्वयन गर्न एमाले पार्टी इमान्दर भएन । संसदीय दलको बैठकमा मैले नौ बुँदे सहमति कार्यान्वयन नभई बजेटको पक्षमा मतदान गर्न नहुने प्रस्ताव पेश गरेको छु । त्यो पारित हुन्छ हामी सहमति कार्यान्वयन नभई बजेट पारित हुन दिदैनौ । सहमति कार्यान्वयन गरेर मात्रै बजेट पारित गर्नु पर्छ ।’ शर्माले भुकम्प पछिको पुर्ननिर्माण, संविधानप्रति असन्तुष्ट हरुको माग संबोधान गर्न, संविधान कार्यान्वयन र निर्वाचनकोलागि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क गर्दै त्यसकोलागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए । उनले भने,‘ काग्रेस पनि सहमतिको सरकारमा आउने बातावरण बन्दैछ । हामीले काग्रेस र एमालेसँग छलफल गरिरहेका छौ । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा सहमतिको सरकार बनेपनि ठिक छ, काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बने पछि ठिक छ, होईन भने हाम्रा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन पनि तयार छौ ।’ शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको सबै समस्या हल गर्न नसक्ने दावी गर्दै मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताए । नौ बुँदे सहमति कार्यान्वयन नगरे नेकपा एमालेसँगको सम्बन्ध पनि टुट्ने चेतावनी दिदै सरकारले एक्लै मुलुकको समस्या समाधान गर्छु भनेर सोच्नु उचित नभएको उनले दावी गरे । उनले सरकारका उपप्रधानमन्त्रीहरुले राष्ट्रको मर्यादा नराखी केटाकेटी कुरा गर्दै हिँडेको आरोप समेत लगाए । नेपाली काग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले नयाँ सरकार गठनकोलागि राष्ट्रिय सहमति आवश्यक नरहेको तर्क गर्दै संविधानको कार्यान्वयनको लागि जसको नेतृत्वमा सरकार बनेपछि प्रमुख प्रतिपक्षी भने आवश्यक रहेको बताए । उनले भने,‘ सहमति सरकार गठनकोलागि होईन, संविधानको कार्यान्वयन, आवश्यक ऐन कानून निर्माण, मधेसको समस्या समाधानको लागि राष्ट्रिय सहमति आवश्यक छ । बडुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हरेक फ्रन्टमा असफल भईसकेको दावी गर्दै यो सरकारले नसके प्रतिपक्षीको नाताले आफूहरु नयाँ सरकारको लागि तयार रहेको तर्क गरे । उनले भने,‘ हामीलाई सरकारमा जान हतार होईन, सरकार हाम्रो प्राथमिकता पनि होईन तर यो सरकारसँगै हामी मुलुकलाई असफल हुन दिदैनौ । वेटिङ्ग गर्भमेन्टको रुपमा हामी तयार भएर बसेका छौ ।’ बडुले बर्तमान सरकार मुलुक र जनताको समस्या समाधानमा जिम्मेवार र ईमान्दार बन्न सकेको दावी गर्दै ऐन कानून नबनाई, प्रतिपक्षसँग छलफल नै नगरी निर्वाचनको कुरा गरेर संघीयतालाई नै पर धकेल्न खोज्दै कि भन्ने गंभिर आशंका आफूहरुलाई लागेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप