सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार घट्यो, एक अर्व ७५ करोडको कारोवार

बिहीबार, १६ असार २०७३, १५ : ४९
बिहीबार, १६ असार २०७३
काठमाडौ–कारोवारका हिसावले साताको अन्तिम दिन आज सेयर बजार १.३६ अंकले घटेको छ । दिनभर १ सय ४२ कम्पनीको २३ लाख २७ हजार ४ सय ६४ कित्ता सेयर किनवेचवाट एक अर्व ७५ करोड ४४ लाख ६ सय २० रुपैयाँको सेयर कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बीमा समूह, बिकास बैंक, फाइनान्स र अन्य समूहको सूचक वृद्धि भएपनि बैंकिङ र जलविद्युतको भने घटेको छ । विहीवार बीमा समूहको सूचक ६८.६७, विकास बैंकको ३७.३९, फाइनान्सको ६.६१ र अन्य समूहको सूचक ३.५३ अंकले वढेको छ । आज बैकिङ समूह १३.७३, जलविद्युत २४.१९, उत्पादन समूह ९.९७ र होटल समूह ३.११ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप