सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा बढ्यो तलब, लाखौं नेपाली लाभान्वित हुने

बिहीबार, १६ असार २०७३, १५ : ५२
बिहीबार, १६ असार २०७३

काठमाडौ–भारतमा रहेका सरकारी जागिरेको तलव र पेन्सनरको पेन्सन रकम ह्वात्तै बढेको छ । भारतको केन्द्रिय सरकारको मन्त्रीपरिषद्ले त्यहाँको वेतन आयोगको प्रस्ताव स्वीकृत गर्दै कर्मचारीको तलवमान बढाउने घोषणा गरेकासंगै त्यहाँ रहेका लाखौ नेपाली लाभान्वित भएका छन् । भारतले कर्मचारीको २३ प्रतिशत र पेन्सनरको २४ प्रतिशत पेन्सन बढाएको हो । यसवाट त्यहाँ कार्यरत २ लाख ५० हजारभन्दाबढी नेपाली लाभान्वित हुने भएका छन् । यस्तै, भारतीय सेनामा कार्यरत ५० नेपाली र एक लाख ५० हजार पेन्सनर पनि यो सुविधावाट लाभान्वित हुने छन् । भारतले नेपालमा पेन्सनका लागि मात्र ३५ अर्ब रुपैयाँ भन्दा वढी रकम खर्च गर्दै आएको छ । यो व्यवस्था आगामी जनवरीवाट लागु हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप