सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पानीमा रुझ्दै सिंहदरबार छिरे विप्लवका कार्यकर्ता (फोटोफिचर)

बिहीबार, १६ असार २०७३, १६ : २०
बिहीबार, १६ असार २०७३

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भ्रष्टचारीलाई कारबाही गर्नुपर्ने, कालोबजारीलाई नियन्त्रण गर्नुपर्नेलगायतका माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार एक ज्ञापनपत्र बुझाएको छ । विप्लव माओवादी उपत्यका इन्चार्ज ब्यूरो सन्तोष बुढा मगरको अगुवाईमा कार्यकर्ताहरु सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउनुअघि शान्तिबाटिकाबाट सुरु भएको जुलुस, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, माइतीघर, बबरमहल हुँदै हनुमानस्थान पुगेर पुगेर बुढा नेतृत्वको सीमित कार्यकर्ता ज्ञापनपत्र बुझाउन सिंहदरबार छिरेका थिए । जुलुस सिंहदरबार तर्फ अघि बढ्ने क्रममा पानी पर्दा कार्यकर्ताहरु रुझ्न समेत पुगेका थिए । तस्बीर : अशोक दुलाल र बिजु महर्जन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप