सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कमल थापाको विद्रोही पार्टी फुट्यो

बिहीबार, १६ असार २०७३, १६ : ३७
बिहीबार, १६ असार २०७३

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालसँग विद्रोह गरेर बनेको राप्रपा नेपाल समानान्तर पार्टी फुट्न पुगेको छ । कार्यबहाक अध्यक्ष गणेश शेरचनलाई बहुमत केन्द्रीय सदस्यको बलमा हटाइएको असन्तुष्ट समुहले घोषणा गरेको छ ।

आज राजधानीमा उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा बसेको समानान्तर पार्टीको बैठकले शेरचनलाई हटाउने निर्णय गरिएको पार्टी महामन्त्री श्याम तिमल्सिनाले रातोपाटीलाई जानकारी दिए । असन्तुष्ट समुहले बहुमत केन्द्रीय समितिको बलमा शेरचनलाई हटाएको घोषणा गरेसँगै पार्टी झुट्न पुगेको हो । राप्रपा नेपाल समानान्तर पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले पार्टीलाई सहि नेतृत्व दिन नसकेको , एकता प्रक्रियामा बाधा खडा गरेको लगायतका कारणले उनलाई हटाउने निर्णय गरिएको रातोपाटीलाई बताए । शेरचनलाई कारबाही गर्ने निर्णय गरेको राप्रपा समानान्तरले राप्रपासँग एकता प्रक्रियालाई अघि बढाउने निर्णय समेत गरेको छ । यस्तै एकीकृत राप्रपा निर्माण अभियानमा लागिपर्ने समेत बैठकले निर्णय गरेको लावतीले बताए । फुटपछि गणेश शेरचन समुह भने कसरी अघि बढ्न भन्नेबारे खुल्न बाँकी रहेको छ । उनको समुहमा पनि प्रभावशाली नेताहरु रहेको बताइएको छ ।

यसैबीच केहि महिनाअघि मात्रै कमल थापाको कारबाहीमा परेका केशरबहादुर विष्ट समुहसँग एक्ताअघि मिलेर जाने विषयमा समानान्तर सहमत भएको बुझिएको छ ।

कमल थापासँग छुट्टिएर बनेको समानान्तर पार्टीका अध्यक्ष पद्मसुन्दर लावतीको एकवर्षअघि निधन भएसँगै कार्यबहाकको अध्यक्ष शेरचनलाई दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप