सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारसँग कोलम्वो घोषणा पत्रको कार्यान्वयन गर्न एकल महिलाहरुको माग

बिहीबार, १६ असार २०७३, १७ : ३६
बिहीबार, १६ असार २०७३

काठमाडौं–सरकारसँग कोलम्बो घोषणा पत्रको धारा ३२ लागू गर्न माग गर्दै राजधानीमा छैठौं अन्तर्राष्ट्रिय एकल महिला दिवस सम्पन्न भएको छ । मानव अधिकारका लागि एकल महिला समूहले विहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पछाडि पारिएका महिलालाई अगाडि बढाऔं भन्ने नाराका साथ एकल महिलाहरु सहभागी भएका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान तथा महिला वालवालिका मन्त्री तथा समाज कल्यार्ण मन्त्री सिपी मैनालीले ८६ प्रतिशत अशिक्षित एकल महिलाहरु सामाजिक रुपमा तिरस्कृत रहेको भन्दै दुःखमनाउ गरे । महिला समूहकी अध्यक्ष लिली थापाले नेपालमा एकल महिलाहरुका लागि महिला मैत्री कानूनको निर्माण, विभिन्न कार्यक्रमहरुसँगै भत्ताको व्यवस्था गरेर उल्लेख गरे । महिला अधिकारका लागि उदाणीय काम गर्ने १२ महिलाहरु सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप