सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पुनर्वीमा कम्पनीको अधिकृत पुँजी १५ अर्ब कायम

बिहीबार, १६ असार २०७३, १८ : ००
बिहीबार, १६ असार २०७३
काठमाडौ–सरकार र बीमा कम्पनीहरुको समेत लगानी रहेको पुनर्वीमा कम्पनीको अधिकृत पुँजी १५ अर्ब कायम भएको छ । कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारण सभाले अधिकृत पुँजी पाँच अर्बबाट १५ अर्ब र जारी पुँजी तीन अर्बबाट १५ अर्ब कायम गरेको जनाएको छ । जोखिम समुहको पुनर्बीमा व्यवस्थापन गर्न २०६० साल असोजमा नेपाल सरकार र सवै निर्जीवन बीमा कम्पनीहरुको साझा संस्थाको स्वरुपमा आकस्मिक बीमा कोषको स्थापना भई सञ्चालनमा रही आएकोमा नेपाल सरकारको २०७१ साउनमा कम्पनीमा परिणत भई पुनर्बीमाको विधिवत इजाजत पत्र प्राप्त गरी काम भैरहेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष महेश कुमार गुरागाईंद्घारा प्रस्तुत आर्थिक वर्ष २०७१÷७२ को वार्षिक प्रतिवेदन पारित गरेको छ भने आब २०७२।७३ को लागि लेखापरीक्षकमा सूबोध एण्ड एशासियट्स्, चार्टर्ड एकाउन्टेन्ट्स् लाई नियूक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप