सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एभरेष्टले दियो रत्न राज्यलाई निःशुल्क पानी

बिहीबार, १६ असार २०७३, १८ : ३०
बिहीबार, १६ असार २०७३

काठमाडौं–संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले काठमाडौंको पुरानो बानेश्वरस्थित रत्न राज्य उच्च माध्यामिक विद्यालयमा निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ ।

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वप्रति सदैव सजग रहेको जनाउँदै त्यहाँ रहेका विद्यार्थीका लागि पिउने पानीको व्यवस्था गरेको हो ।

बैंकले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रहरुमा सामाजिक कार्यहरु पनि सञ्चालन गर्दै आएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले एसियन पेन्टस् न्युबिज ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३’ का साथै आब २०६८÷०६९ मा ‘वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता’को सम्मान प्राप्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप