सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा मह जोडीले गरे जेजे ज्वेलर्स् शोरुमको उद्घाटन

सोमबार, ०८ माघ २०७४, १८ : ०८
सोमबार, ०८ माघ २०७४

काठमाडौं– सुन–चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको बृहत कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा.लि.) ले आफ्नो नयाँ सोरुम विस्तार गरेको छ । जेजेले यही माघ ८ गते काठमाडौंको वसन्तपुर–न्यूरोडमा आफ्नो शोरुमको उद्घाटन गरेको हो । नेपालका बहुप्रतिष्ठित कलाकार श्री मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले रिबन काँटेर उक्त शोरुमको उद्घाटन् गरेका थिए ।  

जेजे ज्वेलर्समा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ ।  सो रुम उद्घाटनको पहिलो हप्ताको अवसर पारेर जेजे ज्वेलर्स्ले माघ ८ गतेदेखि माघ १४ सम्म ग्राहकहरुका लागि आफ्ना उत्कृष्ट तथा आकर्षक गहनाहरुमा अफर समेत ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप