सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भाग्यमानी पोर्चुगल चौंथो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा

शुक्रबार, १७ असार २०७३, ०६ : १०
शुक्रबार, १७ असार २०७३

पेरिस - पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल युरो २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पछिल्ला पाँच प्रतियोगितामा पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको यो चौंथो पटक हो ।

जाकुब ब्लाजेकोवोस्कीको प्रहार पोर्चुगलका गोलकिपर रुई प्याट्रिसियोले रोकेपछि रिकार्डो क्वारेजमाले विजयी गोल गरे । पोर्चुगल ५—३ ले विजयी बन्न पुग्यो ।

यसअघि निर्धारित समयको खेलमा भने अग्रता पोल्याण्डले पहिलो लिएको थियो । रोबार्ट लेवान्डोस्कीले पोल्याण्डलाई दोस्रो मिनेटमा नै अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा रेनाटो सान्चेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

अब पोर्चुगलले वेल्स र बेल्जिमको विजेतासँग सेमिफाइनलमा भिड्ने छ ।

रोचक कुरा, यस पटक निर्धारित ९० मिनेटमा कुनै पनि खेल नजती पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीन खेलमा बराबरी खेलेको पोर्चुगलले अन्तिम १६ मा क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको थियो ।

यसरी निर्धारित ९० मिनेटमा कुनै पनि खेल नजती कुनै टोली प्रतियोगिताको यति टाढा पुगेको पहिलो अवसर हो ।

त्यस्तै पोर्चुगलले यस प्रतियोगितामा जम्मा २२ मिनेट गोलको अग्रता बनाएको छ भने उता एक पटकपछि पछि नपरेको पोल्याण्ड बाहिरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप