सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

द्रुतमार्ग निर्माणविरुद्धको रिट निवेदन खारेज

शुक्रबार, १७ असार २०७३, ०६ : ३९
शुक्रबार, १७ असार २०७३

काठमाडौँ - सर्वोच्च अदालतले काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण सम्झौताविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले सो द्रुतमार्ग निर्माण सम्झौताविरुद्ध परेको निवेदन खारेज भएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । आदेशमा भनिएको छ, “एउटा सबल राष्ट्रको सरकारले यस्तो काम गर्ने योजना बनाएको र उक्त परियोजना निर्माण गर्न रोक नलगाउने ।”

सो द्रुतमार्ग निर्माण सम्झौताले नेपालका लागि खासै हित नहुने जिकिर गर्दै अधिवक्ता पूर्णबहादुर कुँवरले निवेदन दायर गरेका थिए । सरकारले सो द्रुतमार्ग निर्माणका लागि चालु आवमा रु १० अर्ब बजेट समेत विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप