सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

'ज्लाटान स्टाइल'मा इब्राहिमोविचको युनाइटेड आउने घोषणा

शुक्रबार, १७ असार २०७३, ०६ : ५७
शुक्रबार, १७ असार २०७३

म्यान्चेस्टर - ज्लाटान इब्राहिमोविच म्यान्चेस्टर युनाइटेड आउने भएका छन् । ३४ वर्षीय स्वेडनका पूर्व कप्तानले सामाजिक सञ्जाल इन्टाग्रामबाट युनाइटेड जाने घोषणा गरेका हुन् ।

यद्यपि, उनले आधिकारिक पत्रमा भने हस्ताक्षर गरेका छैनन् । उनले शुक्रबार मेडिकलपछि सम्झौतापत्रमा हस्ताक्षर गर्ने बताइएको छ ।

सामान्यतः क्लबले खेलाडी किनेको घोषणा गर्ने गरेकोमा उनले क्लबभन्दा अघि आफै युनाइटेड जाने घोषणा गरे ।

उनले इन्सटाग्राममा युनाइटेडको ब्याज पोष्ट गर्दै लेखेका छन्, समय आएको छ कि विश्वले थाहा पाओस् । मेरो अर्को गन्तव्य म्यान्चेस्टर युनाइटेड हो । म आउँदै छु ।

स्वीडेनका स्ट्राइकरले एक वर्षका लागि अनुबन्ध गर्ने बताइएको छ । उनले हप्तामा २ लाख पाउण्डभन्दा बढी आम्दानी गर्नेछन् ।

उनी म्यान्चेस्टर युनाइटेडमा नयाँ प्रशिक्षक जोसे मोरिन्होको दोस्रो अनुबन्ध हुनेछन् । उनले यसअघि इन्टरमा रहँदा जोसेसँग काम गरिसकेका छन् ।

युनाइटेडले बोरुसिया डोर्टमण्डका प्लेमेकर हेनेरिक मखिटायर्नलाई पनि किन्ने योजना बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप