सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले पुरिँदा दुईको मृत्यु, महिला बेपत्ता

शुक्रबार, १७ असार २०७३, १० : ५०
शुक्रबार, १७ असार २०७३
बैतडी । बिहिबार राति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर शुक्रबार बिहान दार्चुलामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन् । यस्तै, सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको पनि पहिरोले घर पुरिँदा ज्यान गएको छ । घरमा रहेको लत्ताकपडा, अन्नलगायत गाईवस्तुसमेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पानी परिरहेका कारण उद्घारमा समस्या भएको बताइएको छ । यसैगरी, अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा प्रेमसिंह महरकी श्रीमती बेपत्ता भएकी र नाम खुल्न नसकेको प्रहरीले बताएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ । उकु गाविसमा रहेको जौलजिवी प्रहरी चौकीमा पहिरो खस्दा प्रहरी चौकी सारिएको छ । बिहीबार राति प्रहरी चौकी भवनमा माथिबाट पहिरो आएपछि प्रहरी चौकी वन रेन्जपोस्ट कार्यालयमा सारिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप