सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खेल्दाखेल्दै खाल्डोमा डुबेकी बालिका मृत फेला

शुक्रबार, १७ असार २०७३, ११ : ०२
शुक्रबार, १७ असार २०७३
राजविराज - सप्तरीको रामपुरा मलहनिया–९ स्थित खाल्डोमा डुबेको अवस्थामा बिहीबार एक बालिका मृत अवस्थामा फेला परेकी छन् । मृत्यु हुनेमा सोही वडाकी रामसेवक यादवकी १० वर्षीया छोरी किरणकुमारी यादव रहेको प्रहरीले जनाएको छ । मृतक बालिका खेल्दाखेल्दै घरदेखि पर रहेको खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप