सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशमा हिन्दु पुजारीको निर्मम हत्या

शुक्रबार, १७ असार २०७३, ११ : २१
शुक्रबार, १७ असार २०७३
काठमाडौं – बंगलादेशमा एकपटक फेरि हिन्दु पुजारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । स्थानीय पुलिसका अनुसार उनको हत्याको कारण पत्ता लाग्न सकेको छैन भने घटनामा संलग्नको आशंकामा कसैलाई पनि पक्राउ गरिएको छैन । राजधानी ढाकाबाट दक्षिण पश्चिममा ३०० किलोमिटर टाढा झिन्याद जिल्लाको एक मन्दिरमा ४५ वर्षीय श्याकमनोन्दानको शव फेला परिएको पुलिसले जानकारी दिएको छ । झिन्याद जिल्लाको प्रशासनिक अधिकारी महबूबर रहमानका अनुसार शुक्रबार बिहान पुजारी श्यायमनोन्दाक पूजाको लागि फूल लिन जाँदा उनलाई मोटरसाइकलमा सवार तीन युवकले धारिलो हतियार प्रहार गरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । हत्या गर्ने तीन व्यक्ति फरार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप