सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले ‘लुगा फुकाल र काम गर’ भनेपछि यस्तो बबाल (फोटोफिचर)

शुक्रबार, १७ असार २०७३, १२ : १४
शुक्रबार, १७ असार २०७३
मिन्स्क– बेलारुसका राष्ट्रपतिको एक भनाई पछि मानिसहरु सोसल मिडियामा आफ्ना नग्न तस्बिरहरु एकपछि अर्को गरी पोष्ट गरिरहेका छन् । वास्तवमा ६१ वर्षीय एलेक्जेन्डर ल्यूकाशेंकोले देशलाई आर्थिक संकटबाट कसरी पार लगाउन सकिन्छ भन्ने विषयमा दिएको भाषणमा ‘लुगा फुकाल र पसिना नआउन्जेलसम्म काम गर’ भनेका थिए । उनको यो भनाई सार्वजनिक भएलगत्तै मानिसहरुले लुगा फुकालेर अफिसमा काम गरिरको तस्बिर सार्वजनिक गर्न थाले । यसमा थुप्रै व्यवसायिक मानिसहरुको पनि संलग्नता रहेको छ । उनले ‘Innovations, IT-technologies, privatisation — it is all clear. We’ve conquered all of them. But everything is very simply, one should get undressed and work' (नविनता, आइटी–प्रविधिशहरु, निजिकरण– यी सब कुरा हामीबिच स्पष्ट छ । हामीले यी सबैलाई जितिसकेका छौं । तर सबै कुरा निकै सरल छ, प्रत्येक व्यक्तिले कपडा उतार्नुपर्छ र काम गर्नुपर्छ’ । उनले यो भाषण निकै छोटो समयमा लोकल इन्टरनेटमा भाइरल भयो र मानिसहरुले उनको भनाईप्रति असन्तुष्टि जनाउन थाले । दर्जनौं मानिसहरुले आफूले काम गर्ने ठाउँमा नग्न तस्बिर खिचाउँदै यसलाई #getnakedandgotowork सँगै सोसल साइटमा सेयर गरे । आफूहरुले राष्ट्रपतिको भनाईलाई निकै गम्भीर भएर लागू गरेको उनीहरुको भनाई छ । एक प्रयोगकर्ताले लेख्छन्, ‘यी फोटोहरु निकै राम्रा देखिएका छन् । ’ त्यहिँ अर्का एक व्यक्ति लेख्छन्, ‘म एक शब्दको ताकत पूर्ण रुपले महसुस गरिरहेको छु । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप