सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शाहरुख–सलमानको इन्टरनेट रेकर्ड तोड्ने यो तस्बिर

शुक्रबार, १७ असार २०७३, १२ : ४७
शुक्रबार, १७ असार २०७३
काठमाडौं – बलिउडका सर्वाधिक चर्चित कलाकारमा शाहरुख खान र सलमान खानको लागि लगभग सँगै आउने गर्दछ । धेरै पहिलेदेखि मानिसहरुले उनीहरुबिच शीतयुद्ध चलिरहेको अनुमान गर्दै आएका छन् । तर, यी दुई कलाकार उनीहरुबीच ‘अल इज वेल’ भएको पुष्टि गर्न भने कहिले पछि पर्दैनन् । यी खानद्वय विगत केही समयदेखि निकै अत्मीय देखिएका छन् । उनीहरुको यो तस्बिरले पनि उनीहरु निकै राम्रो साथी भएको पुष्टि गर्न खोजिरहेको छ । एसआरके अर्थात शाहरुख खानले भर्खरै सलमान खानसँगको तस्बिर आफ्नो ट्विटरमा पोष्ट गरेका छन् । उक्त तस्बिरमा शाहरुखले सलमानसँग निकै कुल पारामा तस्बिर खिचाएका छन् । दुबै साइकलमा सवार छन् । साहरुख निलो जिन्स, गाढा खैरो आउटर, र सेतो सर्टमा चम्किरहेका छन् भने सलमानको मिलेको ज्यानमा गाढा निलो जिन्स र टिसर्ट निकै फिट देखिएको छ । सबैभन्दा अचम्मको कुरा के छ भने यी दुई कलाकार फोटोमा यति नजिक देखिएका छन् कि यस्तो लाग्छ उनीहरुबिच कहिले पनि केही विषयमा मनमुटाव भएकै छैन । शाहरुले ‘भाइ–भाइ, बाइक बाइकमा । प्रदुषणरहित । माइकललाल साइकललाल ’ भन्दै निकै रोमाञ्चक तरिकाले तस्बिर सेयर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप