सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फेसबुक परिवर्तन हुँदै, थाहा पाउनुहोस् यसको असर

शुक्रबार, १७ असार २०७३, १३ : १७
शुक्रबार, १७ असार २०७३
काठमाडौं । सोसल नेटवर्किङ साइट फेसबुक एकपटक फेरी परिवर्तन हुँदै छ । फेसबुकमा अब प्रयोगकर्ताहरुले आफ्नो न्यूज फिडमा प्रकाशकका समाचार भन्दा साथीभाइ र परिवारका सदस्यको बढिभन्दा बढि पोष्ट देख्न पाउनेछन् । आफ्नो एक ब्लगमा जानकारी दिँदै फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्न लागेको बताएको छ । कम्पनीका प्रडक्ट म्यानेजमेन्टका उप–सभापति एडम मोसेरीले ब्लग पोष्टमा लेखेका छन्, ‘आफ्ना साथीभाइ र परिवारको कुनै पनि पोष्ट मिस नहोस् भन्ने उद्देश्यका साथ न्यूज फिडको शीर्ष स्थानमा साथीभाइ र परिवारको पोष्टहरु देखा पर्नेछन् । हामी तपाईंहरुबाटै सिक्छौं । समयसँगै हामी फेसबुकलाई परिवर्तित गर्दै लान्छौं पनि । ’ यसभन्दा पहिले फेसबुकले सन् २०१४ मा पनि न्यूज फिड परिवर्तन गरेको थियो जसका कारण प्रकाशकहरु चिन्तामा परेका थिए । त्यतिबेला फेसबुकको अल्गोरिदममा परिवर्तन हुँदा कम्पनीहरुको पेज प्रोमोट नगरिकन धेरै मानिसहरुसम्म नपुग्ने उनीहरुले अनुमान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप