सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साडीको पासो लगाइ युवकद्वारा आत्महत्या

शुक्रबार, १७ असार २०७३, १५ : ०५
शुक्रबार, १७ असार २०७३
महोत्तरी -  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका– ४ मा आज मध्यान्ह पङ्खामा झुन्डिएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका– ४ बस्ने सीताराम साह सोनारको छोरा २८ वर्षीय सन्तोष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । केहिदिनदेखि तनावमा रहँदै आएका युवक आज मध्यान्ह १२.३० बजेतिर घरमा कोही नभएको बेला आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा साडीको पासो लगाई झुन्डिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । सन्तोषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप