सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ठाउँ ठाउँमा पहिरो जाँदा सयौं यात्रु अलपत्र

शुक्रबार, १७ असार २०७३, १५ : ४३
शुक्रबार, १७ असार २०७३
काठमाडौं, १७ असार । शुक्रबार बिहानैदेखिको अविरल वर्षाका कारण सिस्नेरीबाट काठमाडौंतर्फको एक किलोमिटर वरको सडकखण्डमा तीन ठाउँमा पहिरो गएको छ । यसैगरी, सिस्नेरीबाट हेटौंडा जाने सडकखण्डमा दुई ठाउँमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । आवागमन ठप्प हुँदा दुबै सडकखण्डका सयौं यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षाका कारण पहिरो हटाउने कुनै सम्भावना नरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप