सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् रेसलर जोन सिनाकी सेक्सी प्रेमिका (तस्बिरहरु)

शुक्रबार, १७ असार २०७३, १६ : ४९
शुक्रबार, १७ असार २०७३
काठमाडौं । रेसलर जोन सिनाकी प्रेमिका रेसलिङ फिल्डकै हुन् । उनकी प्रेमिका निक्की बेला आफ्नो क्षेत्रभित्र त चर्चित छिन् नै, उनी त्योभन्दा बाहिर झनै चर्चित छिन् । डब्लुडब्लुइमा रेसलिङ खेल्दा होस् वा कतै घुम्न जाँदा, सबै ठाउँमा उनलाई प्रशंसकहरुले पछ्याउने गर्छन् । पूर्व डिभा च्याम्पियन निक्की कति चर्चित छिन् भन्ने कुरा उनको फेसबुकको तस्बिरहरुलाई लाखौं व्यक्तिले लाइक गरेकोबाट थाहा हुन्छ । उनी अहिले डब्लुडब्लुइको स्म्याकडाउन इभेन्टको तयारीमा जुटिरहेकी छिन् । स्रोतको अनुसार जोन सिना र निक्कीले चाँडै नै आफ्नो चार वर्षे प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्दैछन् । सन् २००९को जुलाई ११ तारिखमा जोनले आफ्नी पूर्वप्रेमिका एलिजाबेथसँग विवाह गरेका थिए । सम्बन्धबिच्छेद पछि उनी र निक्की प्रेम सम्बन्धमा रहँदै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप